गोरखा। वृद्धभत्ता बुझेर फर्कने बेला भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भीरबाट लडेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नवीन गिरीले आइतबार घरबाट वृद्धभत्ता बुझ्न निस्किएका काप्री घर नफर्किएपछि खोजी गर्दा भीरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिए ।
उनका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उनको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भीरबाट खसेर मृत्यु भएको हो ।काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए ।
'वृद्धभत्ता बुझेर घर नफर्किएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौं । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो,' उनले भने।
घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु