गोरखा। वृद्धभत्ता बुझेर फर्कने बेला भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भीरबाट लडेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नवीन गिरीले आइतबार घरबाट वृद्धभत्ता बुझ्न निस्किएका काप्री घर नफर्किएपछि खोजी गर्दा भीरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिए ।
उनका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उनको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भीरबाट खसेर मृत्यु भएको हो ।काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताए ।
'वृद्धभत्ता बुझेर घर नफर्किएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेका थियौं । आज बिहान करिब ७ बजे उहाँको शव फेला परेको हो,' उनले भने।
घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु