इजरायल । इजरायलका राष्ट्रपति इज्याक हर्जोगले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।
इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति हर्जोगले यो कुरा बताएका हुन्। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार राष्ट्रपति हर्जोगसँग राजदूत पण्डितको मंगलबार साँझ कुराकानी भएको थियो । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘टेलिफोन कुराकानीमा अन्य कुराकानीका अलावा राष्ट्रपति हर्जोगले हमासद्वारा बन्दी बनाइएका अन्यका अलावा नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीको सक्दो प्रयास गरिरहेको छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का