इजरायल । इजरायलका राष्ट्रपति इज्याक हर्जोगले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।
इजरायलका लागि नेपाली राजदूत प्रा धनप्रसाद पण्डितसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति हर्जोगले यो कुरा बताएका हुन्। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार राष्ट्रपति हर्जोगसँग राजदूत पण्डितको मंगलबार साँझ कुराकानी भएको थियो । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘टेलिफोन कुराकानीमा अन्य कुराकानीका अलावा राष्ट्रपति हर्जोगले हमासद्वारा बन्दी बनाइएका अन्यका अलावा नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र घर फिर्तीको सक्दो प्रयास गरिरहेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा