काठमाडौं। प्रहरीले सुनसरीको धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । गएराति धरान उपमहानगरपालिका-६ पानमाराबाट अवैध लागूऔषध गाँजा करिब ४ सय १० किलोग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
यसैगरी सुनसरी, हरिनगर गाउँपालिका-६ स्थित बाँसबारीबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सोमबार बेलुकी प्रहरीले बरामद गरेको छ ।प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उक्त स्थानमा लुकाई छिपाई राखेको सुटकेसबाट उक्त गाँजा फेला पारी बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ