काठमाडौं। सुनजस्तो देखिने धातुसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङ रहेकी छन् ।
थाई एयरको उडानद्वारा बैङकबाट काठमाडौं आएकी गुरुङलाई सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सुनजस्तो देखिने धातुको रिङ १६ थान, सुनजस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औँठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ।
मैयाँले यी सामान अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी मैयाँलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ