काठमाडौँ । नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरको विषय टुङ्ग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरी पालिकामा पठाउने तयारी माओवादीको रहेको छ ।
उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले माघ २ गते नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । तर अध्यक्ष प्रचण्डसहित नेताहरूको कार्यव्यस्तता देखाउँदै बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
आजको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेरका साथै ३२ वर्ष उमेर हदका कारण अवकाशप्राप्त विद्यार्थी नेताहरूलाई समेत जिम्मेवारी दिने विषयमा छलफल हुने सचिव दीनानाथ शर्माले जानकारी दिए ।
आजको बैठकले पूर्व–पश्चिम राजमार्ग तथा मध्य पहाडी पुष्पलाल मार्गमा हुने अभियानको पनि खाका तयार गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न पार्टी परित्याग गरी ३७० जना माओवादी केन्द्रमा प्रवेश
अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने माओवादीको निर्णय
नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापासहित १४ जना माओवादीमा प्रवेश
खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको बैठक जारी
माओवादी केन्द्रको मध्य पहाडी अभियान स्थगित