काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ ।
प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरुमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुन लागेको हो ।
जसअनुसार आज माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरीका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिलो त्रैमासमै १ हजार ८०५ गिगावाट-आवर विद्युत भारत निर्यात
त्रिवेणी सिन्थेटिकद्वारा डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता भुक्तानी
साञ्जेनको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो