काठमाडौँ। नेकपा एमाले सुदूरपश्चिमले डा. भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्दै प्रदेश सदस्यसहित ५ जना नेतालाई निष्कासित गरेको छ ।
एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले प्रदेश कमिटी सदस्य जंगबहादुर बिकसहित ५ जना नेतालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार पार्टीबाट निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् ।
उनीहरूमध्ये खड्काले यसअघि चित्तबुझ्दो जवाफ दिएकोले कारवाही नगरिएको तर पुनः रावलको अभियानमा संलग्न देखिएकोले निष्कासन गरिएको एमालेले जनाएको छ ।
यस्तै, प्रदेश सदस्य बिकले स्पष्टीकरण नदिएको, अन्य तीन जनालाई ३/३ महिनाका लागि निलम्बन गरिएकोमा रावलको अभियानमा संलग्न भएर पार्टी र नेतृत्वविरूद्व लागेको देखिएकोले निष्कासन गरिएको सचिव चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले विधानको धारा ८१ को उपधारा (१) बमोजिम कारवाही गर्ने निर्णय गरेको हो ।
कारवाहीमा परेका सबै नेता रावलको गृह जिल्ला अछामको साँफेबगर नगरपालिकाका बासिन्दा हुन् ।
एमालेबाट निष्कासन परेका पूर्वउपाध्यक्ष रावलले मातृभूमि जागरण अभियान चलाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिइने