चितवन। चितवनमा गैँडाको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढ्दो छ । यही महिना पनि प्रत्येक साता एकजनाको गैँडाको आक्रमणबाट मानिसहरूको मृत्यु भइरहेको छ ।
यही क्रममा हिजो शुक्रबार पनि एक महिलाको गैँडाको अक्रमणबाट मृत्यु भएको छ । हिजो पौने ३ बजेतिर माडी नपा–२ की स्थानीय ६० वर्षीया भुतही महतोको अमलियास्थित जंगलमा घाँस काट्न गएका बेला गैँडाको आक्रमणबाट मृत्यु भयो ।
गैँडाको आक्रमणबाट घाइते भएकी उनको तिघ्रा, कम्मर र छातीमा गहिरो चोट लागेको थियो । उनको स्थानीय बघौडा अस्पतालमा उपचारका क्रममा समयमा राति सवा १० बजे मृत्यु भएको हो ।
गत माघ ९ गते गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको थियो । भण्डारीलाई माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै, माघ १ गते पनि गैँडाको आक्रमणबाट माडीमा एकजनाको मृत्यु भएको थियो । नजिकैको जंगलमा भैँसी चराउन गएका बेला गैँडाले आक्रमण गर्दा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल बोटको मृत्यु भएको थियो ।
त्यस्तै गत पुस १६ गते पनि चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो भने अन्य पाँचजना घाइते भएका थिए । रत्ननगर नगरपालिका–१३ स्थित जयमंगलामा गैँडाको आक्रमणबाट ७० वर्षीया कृष्णाकुमारी थापाको निधन भएको थियो ।
यस्तै, ७८ वर्षीय डम्मरबहादुर थापा, ७२ वर्षीय चेतनाथ चौलागाईं, ३९ वर्षीया सीता पोख्रेल, ६० वर्षीया मिना गुरुङ र २५ वर्षीया पुजन बिक घाइते भएका थिए । यस्तै, पुस १४ गते गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको थियो । खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारीलाई मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेर मारेको थियो ।
यसअघि मंसिर ८ गते नवलपुरमा गैँडाको आक्रमणमा परी नवलपुर मध्यविन्दु–६, भडाराका ६० वर्षीय नाथुराम थारुको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ माघ २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण