गोरखा । गोरखामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । आफैं चढेको ट्याक्टरले किचेर आरुघाट गाउँपालिका–५ भलछोपेका १८ वर्षीय रामबहादुर रानाको मृत्यु भएको हो।
ना ६ त ९६३० नम्बरको ट्याक्टर चढेर आर्खेतबाट माछीखोला जाने क्रममा ट्याक्टरबाट खस्न गई पछाडिको पाङ्ग्राले कुल्चिएर उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनका अनुसार शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु