काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाँदैछन् । संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने संसदीय दलको कार्यालयमा पुगेर सांसदहरूलाई भेट्न लागेका हुन् ।
रास्वपा स्रोतका अनुसार लामिछानेले आजै सभामुख देवराज घिमिरेलाई पनि भेट गर्दैछन् । ‘सभापतिज्यू अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुग्नुहुनेछ,’ स्रोतले भन्यो, ‘उहाँले सभामुखलाई पनि आजै भेट्ने कार्यक्रम छ ।’
संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत