काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् ।
उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए । पूर्वराजा शाह केही दिन अघिदेखि भैरहवामा छन् ।
गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिन शाह गोरखपुर जान लागेका हुन् ।
पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
पूर्वराजा शाहलाई भेट्न मुख्यमन्त्री आदित्यनाथ पनि आजै गोरखनाथ पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
झापाबाट फर्किए पूर्वराजा
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह