काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा देशलाई लैजान नहुने बताएका छन् ।
समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जस्तो घाँडो अरु के होला देशको हालत ? अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग भइरहेको छ । केही चाहिँदैन, बोल्यो अनि पोल्यो !’
अध्यक्ष नेपालले विभिन्न देशमा राष्ट्रपतीय प्रणालीमा भएका समस्याहरू थाहा नपाएको भए एउटा गोष्ठी राखेर प्रस्ट पार्न सकिने बताए ।
उनले थपे, ‘म सबै विवरण नै दिन्छु । म आफैँ त्यहाँ गएको पनि छु, सुनेको पनि छु, बुझेको पनि छु । त्यसैले नेपाल जस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको उपयुक्त कि अनुपयुक्त त्यो बहस गरौँला । अहिले त्यसमा प्रवेश नगरौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार