काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा देशलाई लैजान नहुने बताएका छन् ।
समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जस्तो घाँडो अरु के होला देशको हालत ? अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग भइरहेको छ । केही चाहिँदैन, बोल्यो अनि पोल्यो !’
अध्यक्ष नेपालले विभिन्न देशमा राष्ट्रपतीय प्रणालीमा भएका समस्याहरू थाहा नपाएको भए एउटा गोष्ठी राखेर प्रस्ट पार्न सकिने बताए ।
उनले थपे, ‘म सबै विवरण नै दिन्छु । म आफैँ त्यहाँ गएको पनि छु, सुनेको पनि छु, बुझेको पनि छु । त्यसैले नेपाल जस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको उपयुक्त कि अनुपयुक्त त्यो बहस गरौँला । अहिले त्यसमा प्रवेश नगरौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक