काठमाडौं । सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे सङ्घीय संसद सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगको बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
सञ्चारमन्त्रीले बोलाए बैठक, फेसबुकलगायत समाजिक सञ्जाल बन्दको गराउँलान् निर्णय ?
नेपाल र भियतनामका उपराष्ट्रपतिबीचको द्विपक्षीय बैठक
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक