काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई दलाल, बिचौलिया र भ्रष्ट तत्वको संज्ञा दिएका छन् । दाङमा पार्टीको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले एकातर्फ भ्रष्ट तत्वहरु अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको बताए ।
उनले भने, ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं । यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो । हामीले अहिले हतियार उठाउने कुरा गरेका छैनौं । आवश्यक पनि अहिले देखिएको छैन । शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ ।’
प्रचण्डले जनतामा देश बनाउने माओवादी नै हो भन्ने बुझेर पार्टी प्रवेशको लहर चलेको दाबी गरे । उनले माओवादी आन्दोलनलाई विभाजित गर्ने षड्यन्त्रलाई परास्त गरेर एकताबद्ध हुने प्रक्रिया सुरु भएको बताए ।
उनले माओवादीहरु भनेको जनताका छोराछोरी भएको दाबी गर्दै हिजो जनयुद्धमा जस्तै आत्मसमीक्षा गरेर अघि बढ्ने संकल्प गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग