काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित हुन दिन नहुने बताएका छन् । माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादतिरको यात्रामा ढिलाइ गर्न नहुने बताए ।
जनयुद्ध चलिरहेकै बेला आफूहरूले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिनेछैनौँ भनेर विश्वलाई नै भनेको चर्चा गर्दै उनले समाजवादको यात्रामा अब ढिला गर्न नहुने बताए ।
‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ,’ उनले भने, ‘ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु ।’
अहिले भूमाफिया, दलाल, बिचौलियाहरू र जालीझेलीहरूका विरुद्ध माओवादी आमनेसामनेको स्थितिमा रहेको उनको भनाइ थियो । उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट तिनलाई परास्त गर्दै जनतालाई साच्चै अधिकारसम्पन्न बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताए । जनयुद्धकै क्रममा आफूले यो दिन आउने चर्चा गरेको प्रचण्डले स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड