रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरेका छन् ।
प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेनलनमा उनले आफ्नै शक्तिको बलमा माओवादी चुनाव लड्ने बताए ।‘उपचुनावले माओवादीलाई उकालोबाटो तर्फ लगेको छ । बैशाखी टेक्ने जात होइनझउनले भने(ञअबको चुनावमा कसैको बैशाखी टेक्दैनौं । माओवादी आफ्नै शक्तिमा उभिन्छ ।’
कांग्रेस, एमालेको बीचमा सत्ता समीकरण अप्राकृतिक भएको उनले जिकिर गरे । ‘म्याजिक नम्बर मैले भनेकै हो । पहिलो र दोस्रो दल मिलेर सरकार बन्छ भन्ने लागेको थिएन’उनले भने,’यो अप्राकृतिक गठबन्धन हो ।’ माओवादी प्रतिपक्षमा पुग्दा जनलहर छाएको दावी गरे ।
‘लहर मैले देख्दै छु । ०८४ मा पहिलो दल बन्छ’उनले भने,’अवको म्याजिक नम्बर भनेको माओवादीको बहुमत हो ।’सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मुल मुद्दा प्रतिपक्षमा हुँदा पनि प्राथमिकतामा रहेको प्रचण्डले बताए । ०८४ सम्म एमालेसंग समीकरण बनाउने सम्भावना नरहेको उनले दाबी गरे ।
‘सरकारको बारेमा रुचि छैन । तर, यो सरकार आफ्नै भारीले थिचिएर जान्छ । सरकारको बारेमा कांग्रेसभित्रबाट आलोचना सुरु भएको छ । एमालेभित्र उकुसमुकुस छझउनले भने,’सरकार लामो समय जान्न हेर्दै गर्नुहोला ।’
प्रचण्ड दुई दिनयता दाङका विभिन्न कार्यक्रममा सहभागी छन् । आजै उनी देउखुरीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन ‘प्रचण्ड’को आह्वान
सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
‘परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन’: ’प्रचण्ड’
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड
‘प्रचण्ड’को सचिवालयले भन्यो : ‘पार्टी एकताबारे टुंगो लागिसकेको छैन’