काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनीपछि बाध्य भएको दाबी गरेका छन्।
दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूलाई राष्ट्रपति स्वसंयमले नभनेको भएपछि काँग्रेस एमालेकै नेताहरुले भनेको सुनेको दाबी गरे। उनले ओली सरकार असंवैधानिक भएको दोहोर्याए।
उनले भने, ‘मैले विश्वासको मत पाउँदिन भन्ने त प्रष्टै थियो। तर, मैले प्रधानमन्त्री हुँदै राष्ट्रपतिलाई संविधानको रक्षा गर्ने तपाईँले नै हो भनेको थिए। उहाँले गर्ने विश्वास दिनुभएको हो। अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नु भएको हो।’
उनले माओवादी नभएको भए पौडेल राष्ट्रपति बन्न सक्ने अवस्था नै नरहेको बताए।
उनले थपे, ‘उहाँले ढुक्क रहनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो मलाई। तर, काँग्रेस र एमालेकै नेताहरुले भनेको मैले सुनेको, राष्ट्रपतिजीले भनेको होइन। काँग्रेस र एमालेले संविधान मिच्न चाहनु भएन। नचाहेपछि एमाले नेतृत्वको सरकार बन्ने भएन। त्यो गठबन्धन बन्ने भएन। मैले सुनेको, काँग्रेस एमालेका नेताहरुले भनेको, उहाँहरूले हामीले भनेअनुसार भएन भने ७६ (२) अनुसार नै जानुभयो भने तपाईँलाई महाभियोगको लगाएर निकाल्छौँ भनेपछि धर्मसंकटमा पर्नुभयो। कतिसम्म ठूलो चलखेल भएको छ संविधान मिच्नको लागि।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’