काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गर्नेहरूको लहर आएको दाबी गरेका छन्। उनले एमालेबाट माओवादी प्रवेश गर्नेहरूको बढ्दै गएको उनको भनाइ छ।
बाँकेमा आयोजित पार्टीका खबरदारी सभालाई सम्बोधन गर्दै आफ्नो कमीकमजोरी सच्याएर माओवादी जनतासँग एकाकार हुँदै अघि बढेको बताएका हुन्।
उनले भने, ‘हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौँ। कहिले काँग्रेस, कहिले एमालेसँग सहकार्य गरेर माओवादीकै पहिचान हराउँला भन्ने डर भएको थियो। अब त्यो गल्ती गरिनेछैन। अब माओवादी आफ्नै खुट्टा र एजेण्डामा उभिन्छ। अब भ्रष्टाचारीहरूसँग समीकरण हुँदैन।’
उनले अहिले भ्रष्टाचारीहरूको सीट धेरै, भ्रष्टाचारका विरुद्ध लड्नेहरूको सीट थोरै भएको कारणले आफूलाई सरकारबाट असंवैधानिक ढंगले हटाएको बताए।
उनले थपे, ‘३२ सीट हुँदा त भ्रष्टाचारका विरुद्ध एक युद्ध छेड्यौँ। सामाजिक न्यायको पक्षमा लड्यौँ। अन्तराष्ट्रिय रूपमा नेपालको इज्जत बढायौँ। हामीलाई तपाईँहरूले ०८४ मा जस्तै बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचार जरोकिलो उखालेर फ्यालिनेछ। सामाजिक विभेदको पूरै अन्त्य गरेको छु। म ७० पुगेपनि म भ्रष्टाचार र प्रतिक्रियावादीहरूका विरुद्ध लडाइँ लड्नु छ। त्यो नेपाली जनताले जित्नु छ।’
उनले सरकारले अध्यादेशबाट शासन चलाउने कुचेष्टा गरेको भन्दै १८ गतेबाट हुने सदनमा सरकारविरुद्ध खरो रूपमा प्रस्तुत हुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद