काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गर्नेहरूको लहर आएको दाबी गरेका छन्। उनले एमालेबाट माओवादी प्रवेश गर्नेहरूको बढ्दै गएको उनको भनाइ छ।
बाँकेमा आयोजित पार्टीका खबरदारी सभालाई सम्बोधन गर्दै आफ्नो कमीकमजोरी सच्याएर माओवादी जनतासँग एकाकार हुँदै अघि बढेको बताएका हुन्।
उनले भने, ‘हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौँ। कहिले काँग्रेस, कहिले एमालेसँग सहकार्य गरेर माओवादीकै पहिचान हराउँला भन्ने डर भएको थियो। अब त्यो गल्ती गरिनेछैन। अब माओवादी आफ्नै खुट्टा र एजेण्डामा उभिन्छ। अब भ्रष्टाचारीहरूसँग समीकरण हुँदैन।’
उनले अहिले भ्रष्टाचारीहरूको सीट धेरै, भ्रष्टाचारका विरुद्ध लड्नेहरूको सीट थोरै भएको कारणले आफूलाई सरकारबाट असंवैधानिक ढंगले हटाएको बताए।
उनले थपे, ‘३२ सीट हुँदा त भ्रष्टाचारका विरुद्ध एक युद्ध छेड्यौँ। सामाजिक न्यायको पक्षमा लड्यौँ। अन्तराष्ट्रिय रूपमा नेपालको इज्जत बढायौँ। हामीलाई तपाईँहरूले ०८४ मा जस्तै बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचार जरोकिलो उखालेर फ्यालिनेछ। सामाजिक विभेदको पूरै अन्त्य गरेको छु। म ७० पुगेपनि म भ्रष्टाचार र प्रतिक्रियावादीहरूका विरुद्ध लडाइँ लड्नु छ। त्यो नेपाली जनताले जित्नु छ।’
उनले सरकारले अध्यादेशबाट शासन चलाउने कुचेष्टा गरेको भन्दै १८ गतेबाट हुने सदनमा सरकारविरुद्ध खरो रूपमा प्रस्तुत हुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड