काठमाडौ । भक्तपुरमा कारको पछाडि मोटरसाइकल ठोकिँदा गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा उनकी तीन वर्षीया छोरी घाइते भएकी छन्।
भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको दुर्घटनामा मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार गएको सोमबार मध्यपुरथिमी नगरपालिका-२ दिव्येश्वरीमा पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बाप्र ०१–०२७ च ९२७ नम्बरको कारको पछाडि सोही दिशातर्फ जाँदै गरेको बा-५० प– ७४१ नम्बरको मोटरसाइकल ठोकिँदा सपना घाइते भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु