एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने बताएका छन् ।
राष्ट्रपति पद सम्हालेपछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले यस विषयमा सोधिएको प्रश्नको जवाफमा रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने अभिव्यक्ति दिएका हुन् ।
ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।
ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नहुने पनि बताए ।
ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा आफ्नो खर्च दुई प्रतिशतबाट बढाएर पाँच प्रतिशत पुर्याउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ माघ २०८१, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता