एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने बताएका छन् ।
राष्ट्रपति पद सम्हालेपछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले यस विषयमा सोधिएको प्रश्नको जवाफमा रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने अभिव्यक्ति दिएका हुन् ।
ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।
ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नहुने पनि बताए ।
ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा आफ्नो खर्च दुई प्रतिशतबाट बढाएर पाँच प्रतिशत पुर्याउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ माघ २०८१, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त
ह्वाइट हाउसमा ट्रम्पले बाले दियो, मनाए दिपावली
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर