काठमाडौ । सरकारले आज (मंगलबार) ‘सगरमाथा संवाद’ घोषणा गर्दै छ।
दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रम घोषणाको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पहिलो पटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ तय भएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन कार्यक्रम आयोजना गरिएको सरकारले जनाएको छ।
यसअघि २०७६ सालमा ओली नै प्रधानमन्त्री भएको बेला यो कार्यक्रम अघि बढाइएको थियो। तर, कोभिड–१९ कारण कार्यक्रम त्यतिबेला कार्यक्रम स्थगित भएको थियो।
यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ। आगामी जेठ २, ३ र ४ गते सगरमाथा संवाद कार्यक्रम गर्ने तयारी सरकारले अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्धिमा सघाउन आग्रह
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री ओली मेड्रिटमा
प्रधानमन्त्रीद्वारा मनमोहन अधिकारीको शालिक अनावरण