काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका–१९ घर भई काठमाडौँ महानगरपालिका–२६ बस्ने ५५ वर्षीय चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका–२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ५४ वर्षीय सरिता कुमारी यादव पक्राउ परेका हुन् ।
पक्राउमध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ जना पीडितबाट ४२ लाख रुपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई काठमाडौँको बौद्धबाट बिहीबार र सरितालाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट शुक्रवार पक्राउ गरेको हो ।
चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ