काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका–१९ घर भई काठमाडौँ महानगरपालिका–२६ बस्ने ५५ वर्षीय चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका–२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ५४ वर्षीय सरिता कुमारी यादव पक्राउ परेका हुन् ।
पक्राउमध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ जना पीडितबाट ४२ लाख रुपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई काठमाडौँको बौद्धबाट बिहीबार र सरितालाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट शुक्रवार पक्राउ गरेको हो ।
चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ