चितवन । प्रहरीले साहारा चितवन सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ ।
पूरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार, अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
विभिन्न कम्पनीमा गएको सहकारीको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा मात्र १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेला प्रहरीले लामिछानेलाई १८ मंसिरमा चितवन लगेर बयान लिएको थियो । बयान सकेर राति कास्की फिर्ता लगिएको विषयमा विवाद समेत भएको थियो ।
साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा गत ५ मंसिरमा रविसहितका व्यक्तिहरुविरुद्ध पूरक जाहेरी दर्ता भएको थियो । यो प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाल समेत प्रतिवादी छन् ।
साहारा सहकारी ठगी प्रकरणको मुद्दा ८ भदौमा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ