काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलवायु परिवर्तनले नेपाललाई समस्या परेको विषय उठाएका छन् । बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले उक्त विषय उठाएका हुन्। जलवायु परिवर्तनले नेपालमा हिमश्रृंखलाहरु नाङ्गो हुँदै गएको भेटमा कोइरालाले बताए। पानीका मुहानहरु सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको कोइरालाले उल्लेख गरे ।
‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन्,’ अध्यक्ष केशरसँगको भेटमा कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ ।’
कोइरालाले ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन बेकरसँग आग्रह गरे । नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै कोइरालाले भने, ‘ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडान हुन सकेमा बेलायतबाट नेपाल जाने पर्यटकका लागि सहज हुनेछ ।’
कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरुको सेवा सुविधा समस्याको समाधानका लागि पनि बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा जोड दिए । बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’लाई अनधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना होइन: शेखर कोइराला
कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्रै हुनुपर्छ : शेखर कोइराला
शेखर कोइरालाको टिप्पणी : 'प्रधानमन्त्रीले कुलिङ पिरियडमा हठ राख्नुभयो'
प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात : शेखर कोइराला
कर्मचारीमा कम्तिमा २ वर्षको कुलिङ समय राख्नुपर्छ : शेखर कोइराला
ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा ठूलो होला जस्तो छ : शेखर कोइराला