एजेन्सी । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
पक्राउपछि राष्ट्रपतिले एक भिडियो सन्देश जारी गर्दै आफू विरुद्धको अनुसन्धान गैरकानूनी भएको बताएका छन्।
युन सुक-योलले गत वर्ष डिसेम्बर ३ मा मार्शल ल लगाउने घोषणा गरेका थिए, तर विरोध प्रदर्शनपछि केही घण्टापछि त्यसलाई फिर्ता लिएका थिए।
पक्राउ परेका राष्ट्रपति युन सुक-येओलले एक भिडियो वक्तव्यमा भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन आफू सहमत भएको बताएका छन्।
आफ्नो सन्देशमा उनले भने, "यो अवैध अनुसन्धान भए पनि मैले कार्यालयमा उपस्थित हुने निर्णय गरें। रक्तपात नहोस् भनेर मैले यो निर्णय लिएको हुँ।"
उनले भने, "यद्यपि, यसको अर्थ यो होइन कि म यो अनुसन्धानलाई सही मान्छु।"

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ माघ २०८१, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल