एजेन्सी । महाअभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति योन सुक योललाई गिरफ्तार गरिएको छ। अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले पक्राउ गरेका हुन्। यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो।
डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ। केही समय अघि मात्र युनको सुरक्षा निकायका उपप्रमुख किम सुन होङ गिरफ्तार भएका थिए।
प्रेसिडेन्ट सेक्युरिटी सर्भिस (पिएसएस)ले यस अघि गिरफ्तारीको प्रयास असफल बनाएको थियो। अहिले पनि पिएसएसले राष्ट्रपतिलाई कडा सुरक्षा दिइरहेको थियो।
दक्षिण कोरियाको तापक्रम माइनस ६ डिग्री सेल्सियस भए पनि यसले सोलमा यो घटना हेर्न आउनेको भीड घटेको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ माघ २०८१, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति
राज्यका सबै संरचनामा अपाङ्गता व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने