काठमाडौँ । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको सिमलटारी फूलबारीबाट प्युठान गौमुखीतर्फ जाँदै गरेको ग १ ज ४५३३ नम्बरको जिप गुल्मीको अग्लुङ-प्युठान सीमामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिपमा सवार सबै यात्रु घाइते भएका छन् । मदाने गाउँपालिका वडा नम्बर–१ का अध्यक्ष सुशील चन्द्रका अनुसार घाइतेहरूमध्ये अधिकांशको अग्लुङ स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
घाइते केहीलाई थप उपचारका लागि प्युठानको बिजुवार पठाइएको छ ।
जिप सिमलटारीबाट प्युठानमा आयोजना गरिएको गौमुखी मेला हेर्न जाने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु