काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार भएको भेटमा समसामयिक परिस्थितिका बारेमा विमर्श भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
सो क्रममा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएको बर्तौलाको भनाइ छ । संसदमा रहेका कतिपय दलहरु नै संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लागे संशोधन पछि धकेलिन सक्ने आफ्नो धारणा रहेको ओलीले बताएका थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेकोले सुझबुझपूर्ण रूपमा अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बर्तौलाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा