काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितता बारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् ।
‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ । नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्’ उनले भने, ‘यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ ।’
उक्त विषय स्मरण गराउँदै सांसद खनालले संसदीय समितिले छानबिन समिति बनाएर स्वतन्त्र रूपमा हेर्नुपर्ने माग गरे । ‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा प्रश्न उठ्यो’ उनले भने, ‘त्यसैले एउटा छानबिन समिति बनाऔं । पछिल्लो समय उठेका विषय नजिकबाट हेरौं ।’
नेताहरूका अनुसार यस्तो माग गर्ने विषयमा रास्वपाभित्र समेत छलफल भएको थियो । पार्टीभित्रकै छलफलपछि सांसद खनालले मंगलबारको बैठकमा यस्तो माग राखेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको निष्कर्ष : ‘पार्टीका उम्मेदवारले आचारसंहिता पालना गरेका छन्’
पोखरामा रास्वपाको चुनावी सभा स्थगित
काठमाडौं -५ मा कांग्रेस र एमालेबाट १६ जना रास्वपा प्रवेश
रास्वपा नेता राईले गरे पार्टी परित्याग गरेको घोषणा
रास्वपाले भावी प्रधानमन्त्री प्रस्ताव गरेका बालेनले अर्बौं रुपैयाँको दमक औद्योगिक पार्कबारे किन बोलेनन् ?
रास्वपा परित्याग गरेको बागमती प्रदेश सदस्य चौलागाईंको घोषणा