काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् ।
सोमबार कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ ।’
उनले अघिल्लो वर्ष झन्डै ८०/८१ करोड बजेट कान्ति बाल अस्पतालको लागि छुटाइए पनि एआईए हुन नसकेर प्रक्रिया अगाडि नबढेको बताए । ‘अब छिट्टै काम अघि बढ्छ,’ उनले भने ।
मन्त्री पौडेलले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्ने गरी सरकारले काम गरिरहेको बताए । उनले सातै प्रदेशमा बाल उपचारलाई बिस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने संस्थाको रूपमा कान्ति अस्पताललाई विकास गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गरिँदै
सबै अस्पतालमा पादर्शिता र सेवामा एकरुपता ल्याउन विधेयक ल्याउने तयारी
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्य मन्त्रीको चेतावनी
प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग
नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध