काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् ।
सोमबार कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ ।’
उनले अघिल्लो वर्ष झन्डै ८०/८१ करोड बजेट कान्ति बाल अस्पतालको लागि छुटाइए पनि एआईए हुन नसकेर प्रक्रिया अगाडि नबढेको बताए । ‘अब छिट्टै काम अघि बढ्छ,’ उनले भने ।
मन्त्री पौडेलले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्ने गरी सरकारले काम गरिरहेको बताए । उनले सातै प्रदेशमा बाल उपचारलाई बिस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने संस्थाको रूपमा कान्ति अस्पताललाई विकास गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल