पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् । जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्न लागेका हुन् ।
यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी गण्डकीकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी छ ।
यसैबीच रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून व्यवसायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरूले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलासमा कुरा उठ्न थालेको बताएका छन् ।
सहकारी पीडितहरूको सर्वत्र आन्दोलन चलिरहेका बेला आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गइरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताए ।
अहिले रवि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण सहकारी पीडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून व्यवसायीले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'