काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको आइतबार सुरु भएको केन्द्रीय कमिटीे बैठक आज पनि जारी रहने छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । पहिलो दिनको बैठकमा आइतबार २७ जना सदस्यले धारणा राखेका छन् ।
बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन् ।
ओलीले पेश गरेको प्रतिवेदनमा विभिन्न दलबारे संस्थागत धारणा राखिएको छ । प्रतिवेदनमा अध्यक्ष ओली सत्ता साझेदार नेपाली कांग्रेससँग नरम देखिएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग सबैभन्दा आक्रामक देखिएका छन् ।
त्यसैगरी, राजावादीबारे पनि उनले कडा टिप्पणीसहित देशमा अराजकता मच्चाउन खोजिरहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?