काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन् । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए । उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको इलेक्ट्रिकल इन्जिनियरको विज्ञापन भर्खरै निकाल्न सफल भएको बताए । उनले लोकसेवा मार्फत एकै पटक ७० जना इलेक्ट्रिकल इन्जिनियर लिनेगरी विज्ञापन निकालिएको बताए ।
उनले भने,‘इलेक्टिकल इन्जिनियर विद्युत् प्राधिकरणभित्र खडेरी छ । लामो समयदेखि विज्ञापन दरबन्दी यकिन गर्न नसक्दा निकाल्न सकेका थिएनौँ । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत् प्राधिकरण ठुलो हब बनाउनुपर्छ ।
कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरणका ट्रान्सफर टेष्टिङ ल्याब र वर्कसपहरु प्रायः इन्टर्नसिपका विद्यार्थीले नै चलाएको बताए । उनले विद्युत् प्राधिकरणले १५ सय जना विद्यार्थीहरूलाई हरेक पटक लिने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित
बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन
सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छः कुलमान घिसिङ
हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गरी वार्षिक ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ: कुलमान घिसिङ