दाङ । दाङ जिल्लाको तुल्सीपुरबाट नेपाल प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने गौरव वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय लीला बहादुर वली समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ