भोजपुर। ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ । ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रुपमा पनि सक्षम बनेका छन् ।
सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ । यो सडकबाट खोटाङ हुँदै काठमाडौं पुगिन्छ । स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ ।
यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडौंबाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बेच्दै आएका छन् । केही व्यापारी धानमकै किन्न घरखेतमा नै पुग्ने गरेको टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टले बताए ।
यसैबीच, जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा भोजपुर–लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ । भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमित रूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध
बाढी पहिरोका कारण चार स्थानमा सडक पूर्णरुपमा अवरुद्ध
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...
गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध