काठमाडौँ । एमालेबाट निष्कासनमा परेका डा भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने