चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन कार्यान्वयनमा आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले नीतिगत सुधारलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको बताउनुभयो ।
सीमित स्रोतसाधनबाट सेवा विस्तार गर्नुपर्ने मान्यताका साथ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य जनशक्ति उत्पादन वृद्धिका साथै वर्तमान सरकार गठन भएपछि विभिन्न अस्पतालमा दुई सय शय्या विस्तार गरिएको बताउनुभयो । उहाँले भरतपुर अस्पताल र बिपी कोइराला स्मृति क्यान्सर अस्पताललाई व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यकर्मी उपत्यका बाहिर जानै नमान्ने मन्त्री पौडेलको गुनासो
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गरिँदै