चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन कार्यान्वयनमा आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले नीतिगत सुधारलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको बताउनुभयो ।
सीमित स्रोतसाधनबाट सेवा विस्तार गर्नुपर्ने मान्यताका साथ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य जनशक्ति उत्पादन वृद्धिका साथै वर्तमान सरकार गठन भएपछि विभिन्न अस्पतालमा दुई सय शय्या विस्तार गरिएको बताउनुभयो । उहाँले भरतपुर अस्पताल र बिपी कोइराला स्मृति क्यान्सर अस्पताललाई व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री