काठमाडौँ । एमाले उपमहासचिव विष्णु रिमालले पार्टीले हटाएका पूर्वउपाध्यक्ष भीम रावललाई ह्याउ भए पार्टी गठन (आफ्नो घर निर्माण) गरेर देखाउन चुनौती दिएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा रावलप्रति कटाक्ष गर्दै रिमालले ३९ सालयता आफूहरू निरन्तर पार्टी सङ्गठन निर्माणमा लागिरहेको तर रावल सधैँ पार्टीभित्र विवादका लागि मौकाको खोजीमा रहेको आरोप लगाएका छन् ।
कवितात्मक शैलीमा रिमालले लेखेका छन्,‘अनवरत ‘किच–किच’ गरेर बसिरहे । प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ । उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बिचमै छोडे, अन्तै दौडिए ।’
उनले रावललाई चुनौती दिँदै भनेका छन्, ‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडाहरू, बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन् बाल मतलब !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै