काठमाडौं। नक्कली डाक्टरको आवरणमा लुटपाट गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डल छन् । प्रहरीले उनको साथबाट आइफोन, भिभो र सामसङ कम्पनीको १/१ थान मोबाइल बरामद गरेको छ ।
साथै ५९ हजार ३६० रुपैयाँ पनि बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए।सूचना अधिकारी आचार्यका अनुसार उनले पीडितलाई सामाजिक सञ्जाल फेसबूकमार्फत साथी बनाई आफू 'डाक्टर हुँ' भन्ने गरेका थिए ।
साथै उनले भेटघाट गरी घरमा गएर सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाएर बेहोस बनाई कोठा भित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू (सिक्री, औँठी, झुम्का, टप, मंगलसुत्र)लगायत नगद ३ तीन लाखसमेत लुटेका थिए ।
पक्राउ परेका मण्डललाई चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ