नेपाल प्रहरीका मधेस र सुदूरपश्चिम प्रदेश डीआईजीको सरुवा

सफल खबर संवाददाता

शनिबार, ३० जेठ २०८३, १० : ०५
नेपाल प्रहरीका मधेस र सुदूरपश्चिम प्रदेश डीआईजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका दुई प्रदेशका डीआईजी सरुवा भएका छन् । गृहमन्त्रीस्तरीय निर्णयबाट मधेस र सुदूरपश्चिम प्रदेशका डीआईजी सरुवा भएका हुन् । 

मधेस प्रदेशमा ओम अधिकारीलाई सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशमा सानुराम भट्टराईलाई पुर्‍याइएको छ । 

मधेस प्रदेशका डीआईजी गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालय रानोपखरी सरुवा गरिएको छ । 

सुदूरपश्चिम प्रदेशका डीआईजी ओमा रानालाई अपराध अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यालय तानिएको छ । 

प्रतिक्रिया दिनुहोस