काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाकाे रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।
गएराति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।
शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो ।
उनीहरु दुबैलाई काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० जेठ २०८३, ०९ : ५७
लेखकबाट थप