काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम ९ जिल्लाको भेला सकेको छ । २८ मंसिरदेखि १० पुससम्म भएका भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्ला भेलाबाट कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपालसिंह कोट्यारी, बाजुरामा नवराज जैसी, अछाममा ओमप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशव बलायर, डडेलधुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भीम नाथ र कञ्चनपुरमा पदमबहादुर विष्ट सभापति बनेका छन् ।
प्रदेश कार्यसम्पादन समितिको २७ मंसिरमा बसेको निर्णय अनुसार जिल्ला भेला गरेर नयाँ नेतृत्व चयन गरेको रास्वपाका सुदूरपश्चिम महामन्त्री सन्तोषराज जोशीले जानकारी गराए । २०८२ वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निर्णय गरेको रास्वपाले जिल्ला भेला गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा