काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन् ।
केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभाग सदस्यमा बिहीबार सदस्यहरू मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई सभापति देउवाले मनोनीत गरेका हुन् । मनोनीत हुनेहरूमा प्रा. विनय कुसियत–धनुषा, प्रा.डा. रश्मी राजभण्डारी–काठमाडौं, डा. सुदन ओली–रोल्पा, डा. ईशा घर्ती–लम्जुङ, डा. रेवतबहादुर कार्की–ओखलढुंगा, डा. प्रताप छत्कुली–धादिङ, डा. राजेन्द्र बीर चन्द–कैलाली, अमरबहादुर रोकाय–सुर्खेत, राजकुमार त्रिपाठी(आर.के.)–धादिङ, होमप्रसाद घिमिरे–ललितपुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?