काठमाडौँ । प्रहरीले ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन हब क्याफेमा आउने ग्राहकलाई चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा डडेलधुरा परशुराम नगरपालिका-११ घर भई च्यासल बस्ने हेमराज भट्ट र काभ्रे मण्डनदेउपुर नगरपालिका-११ घर भइ च्यासल बस्ने जनक बहादुर तामाङलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जना क्याफेका कर्मचारी हुन् ।प्रहरीका अनुसार सोही क्याफेमा आएका सुनसरी इटहरी घर भई सातदोबाटो बस्ने नयन गुरुङसँग विवाद हुँदा भट्टले धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएका थिए ।
घाइते गुरुङको बीएण्डबी अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको थियो । यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० पुस २०८१, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ