काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।
चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ । छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । सञ्चालक कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ ।
न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो । उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा आज पेसी
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा आज पेसी
रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
रवि र छविको मुद्दामा बहस स्थगित
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो