काठमाडौँ । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आज (सोमबार) देखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।
लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान सुरु हुँदैछ ।उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीशले पहिला मिसिल अध्ययन गरिसकेपछि मात्रै पहिला कसको बयान लिने भन्ने निर्णय गर्ने जनाइएको छ ।
तर प्रहरीले ७५ वर्षीय कृष्णबहादुर गुरुङको पहिला बयान लिन भनेको छ । उनको स्वास्थ्य अवस्थाका कारण पहिला बयान लिन लिन भनेको हो । आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
कास्की जिल्ला अदालतका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । समग्रमा ४४ व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाइएको छ । अब राईकै इजलासले रविसहितका प्रतिवादीहरूलाई थुनामा राख्ने कि थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ ।
लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'