काठमाडौ । स्थानीय तह उपनिर्वाचनमा प्रप्त नतिजापछिको अवस्थाबारे अध्ययनका लागि राप्रपाले एक समिति गठन गरेको छ ।
राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकमा मङ्सिर १६ मा सम्पन्न उपनिर्वाचनको गम्भीरतापूर्वक समीक्षा समेत भएको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ पुस २०८१, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाद्वारा आज पनि संसद बहिष्कार
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
सदनबाट बाहिरिए राप्रपाका सांसद
माओवादीले छेपारो झैँ रङ फेर्यो, सदन चल्न दिँदैनौँ : राप्रपा
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा सुरु
राप्रपाले बोलायो संसदीय दलको बैठक