काठमाडौं। लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् ।
उनीहरूले लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरिदिन्छु भनी थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रूपैयाँ बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ