काठमाडौं। मोरङको जहदा गाउँपालिका-४ लक्ष्मीनियाबाट स्रोत नखुलेको ३ लाख १० हजार भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका-६ बस्ने २६ वर्षीय विजय कुमार मण्डल रहेका छन् । उनी गएराति पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले विराटनगरबाट पोखरीयातर्फ जाँदै गरेको प्र १-०४-००१ प ३९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक मण्डललाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ