काठमाडौं। मोरङको जहदा गाउँपालिका-४ लक्ष्मीनियाबाट स्रोत नखुलेको ३ लाख १० हजार भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका-६ बस्ने २६ वर्षीय विजय कुमार मण्डल रहेका छन् । उनी गएराति पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले विराटनगरबाट पोखरीयातर्फ जाँदै गरेको प्र १-०४-००१ प ३९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक मण्डललाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ