काठमाडौँ । बाजुरामा शनिवार एकाबिहानै गएको भूकम्पमा मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताएका छन्।
बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर शनिवार बिहानै भूकम्प गएको हो। ५ दशमलव २ म्याग्निच्युडको भूकम्पका केही भौतिक संरचनाहरूमा भने क्षति पुगेको मण्डलले बताए।
उनका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदैछ ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिवार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।
भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।
भूकम्पका कारण बुढीनन्दा नगरपालिकाको कोल्टीमा केही घर भत्केको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी मण्डलले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते